राजधानीको मौसममा एकाएक परिवर्तन, सिमसिमे पानीसंगै जाडो ह्वात्तै बढ्यो

  • काठमाडौँ १६ पुस । 

काठमाडौँको मौसममा एकाएक परिवर्तन आएको छ । सन् २०१६ लाई बिदाई गर्न विभिन्न संघसंस्थाले ‘न्यू इयर ईभ’ मनाइँरहँदा राजधानीलगायत आसपासका जिल्लामा एकाएक मौसम परिवर्तनसँगै सिमसिमे पानी परेको हो।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार पश्चिमी वायुको प्रभावका कारण राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल, बालाजुको धर्मस्थली, ललितपुरको मंगलबार, जावलाखेललगायत भक्तपुरको बालकोट तथा अन्य विभिन्न स्थानमा हल्का पानी परेको छ । 

दिउँसो अचानक बादल लागेर काठमाडौंको आकाश धुलमिलिएको । बादल लागेको र केही स्थानमा हल्का सिमसिमे पानी परेपछि राजधानीलगायत आसपासमा पुसको जाडोको अनुभव ह्वात्तै बढेको छ । 

पश्चिमी वायुको प्रभावले एक दुई दिनपछि अझ चिसो बढ्ने सक्नेसमेत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...