अब मोबाइल एपबाटै पासपोर्टका लागि आवेदन

- काठमाडौं, १२ पुस ।
राहदानी विभागले आफ्नो कार्यालयबाट हुने सेवा वितरणमा क्रमश सुधार ल्याएको छ । यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले अव मोबाइल एपबाटै आवेदन दिने व्यवस्था मिलाउने भएको छ ।
उक्त एप प्रयोगमा ल्याउनका लागि अन्तिम तयारी भैरहेको विभागका सुचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।आगामी सातापछि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले प्ले-स्टोरमा गएर ‘नेपाली पार्सपोर्ट’ एप्स डाउनलोड गर्न सक्नेछन् । उक्त एपलाई इन्स्टल गरेर ओपन गरेपश्चात राहदानीका लागि आवेदन फार्म भेटिने मन्त्रालयले जनाएको छ ।
त्यसपछि आवेदन कर्ताले अनलाइनफार्ममा जस्तै सम्पूर्ण विवरण मोबाइलबाटै भर्न सक्नेछन् । विवरण भरे लगत्तै एपबाटै भरिएको विवरणमा औँठाछाप लगाउने, प्रत्यक्ष फोटो खिच्ने र हस्ताक्षर गर्नका लागि समय र बारकोड नम्बर प्राप्त हुन्छ ।
त्यसलाई सुरक्षित राखेर हस्ताक्षर, फोटो खिचाउन तोकिएको समयमा राहदानी विभाग पुग्नुपर्ने हुन्छ ।
विभागमा सेवाग्राहीको भिड व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोगमा ध्यान दिएको विभागले बताएको छ ।
यसअघि नै विभागले अनलाइनबाटै फारम भर्ने व्यवस्था मिलाएको थियो । अनलाइन फारम मोबाइलबाट भर्न अप्ठेरो भएपछि मोबाइल प्रयोग कर्ताहरुको सुविधाका लागि विभागले एप नै बनाएर सेवा वितरणमा सहजता ल्याउन लागेको हो ।
प्रतिकृया दिनुहोस्
Loading...
