सातौँ राष्ट्रिय खेलकुद : कसले कति पदक जिते ?


  • विराटनगर, १२ पुस ।

सातौँ राष्ट्रिय खेलकुदमा मंगलबारदेखि कुस्ती खेल अन्तर्गतका प्रतिस्पर्धा सुरु हुँदैछ । कुस्ती अन्तर्गतका प्रतिस्पर्धा सिरहामा हुनेछन् ।

प्रतियोगितामा अहिलेसम्म सातवटा खेलको प्रतिस्पर्धा सकिएको छ भने मंगलबार महिला क्रिकेट, सेपाकताक्रो, आइटिएफ तेक्वान्दो र टेवलटेनिसका प्रतिस्पर्धा सकिने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

प्रतियोगितामा ४ सय ६५ पदकको टुङगो लागि सकेको छ । प्रतियोगिताको पदक तालिकामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको अग्रता कायमै छ । सेनाले अहिलेसम्म १ सय २१ पदक जितेको छ ।

सेनाले ६५ स्वर्ण, ३५ रजत र २१ काश्य सहित सेना पदक तालिकामा शीर्ष स्थानमा छ । यस्तै दोश्रो स्थानको नेपाल पुलिस क्लवले २४ स्वर्णसहित २२ रजत र २५ काश्य हात पार्दै ७१ पदक जितेको छ ।


तेश्रो स्थानको सशस्त्र प्रहरीले १८ स्वर्ण, १८ रजत र २९ काश्यसहित ६५ पदक जितेको छ । चौथो स्थानको मध्यमाञ्चलले १२ स्वर्ण, २४ रजत र ३० काश्यसहित ६६ पदक हात पारेको छ । पाँचांै स्थानको मध्यपश्चिमाञ्चलले ५ स्वर्ण, ६ रजत र २२ काश्यसहित ३३ पदक जितेको छ ।

छैटौं स्थानको पूर्वाञ्चलको खातामा ४ स्वर्ण, ८ रजत तथा २४ काश्यसहित ३६ पदक परेका छन् । यस्तै सातौँ स्थानमा रहेको पश्चीमाञ्चलले ४ स्वर्ण, ४ रजत र १६ काश्य सहित ३६ पदक हात पार्दा सुदुरपश्चिमाञ्चलले २ स्वर्ण, ५ रजत र ३० काश्य सहित ३७ पदक जितेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...