संशोधन प्रस्ताव असंवैधानिक : सचिव भट्टराई

- स्याङ्जा, २ पुस ।
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव असंवैधानिक भएको बताए ।
नेकपा (एमाले) स्याङ्जा क्षेत्र नं २ ले आज वालिङमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सचिव भट्टराइले संविधान संशोधनभन्दा पनि कार्यान्वयनका लागि निर्वाचनमा जानुपर्ने बताए । सदनमा संविधान संशोधन प्रस्ताव दर्ता गरेर सरकारले बेमौसमको बाजा बजाएको उनको भनाइ थियो ।
यसैबीच आजै नेकपा (एमाले) प्रचार विभाग जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेर गल्ती गरेको बताए ।
सरकारले मधेस र पहाडलाई अलग गर्ने गरी प्रदेश नं ५ मा गरेको निर्णय सो क्षेत्रका जनताको भावनाविपरीत भएको र संशोधन प्रस्ताव कस्का लागि भन्नेमा स्वयम् सरकार पनि स्पष्ट नभएको टिप्पणी गरे ।
प्रतिकृया दिनुहोस्
Loading...
