बन्चरो प्रहार गरी श्रीमतीको हत्या

- दाङ, ३० मंसिर ।
दाङको गिठेपानीमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।
घोराही नगरपालिका– ६ गिठेपानीका ६२ वर्षीय केचे कामीले ६२ वर्षीया श्रीमती आइतु विकको आज घरमै बन्चरो प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।
आपसी विवाद भएपछि कामीले श्रीमतीलाई बन्चरो प्रहार गरेको र उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
