यू-१९ एसिया कप - श्रीलंकासँग मात्र १ रनले हार्‍यो नेपाल


  • काठमाडौं, ३० मंसिर ।

यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले श्रीलंकासँग मात्र १ रनले पराजित भएको छ । नेपालका दिपेन्द्र सिंह ऐरीले शानदार प्रदर्शन गर्दै नेपाललाई जित नजिक पुर्‍याए पनि अन्तिम चौथो बलमा उनी चुके ।

अन्तिम ओभरको दोस्रो बलमा छक्का हान्दै दिपेन्द्रले नेपाललाई जितको आश देखाएका थिए ।  जितका लागि ४ बलमा मात्र २ रन चाहिएको अवस्थामा तेस्रो बलमा ऐरी आउट भएपछि नेपालले जित्नै लागेको खेल गुमाउन पुगेको छ । एक समय नेपालले ५ विकेट गुमाएर १९५ रन बनाएको थियो । र, खेल पनि झण्डै ६ ओभर थियो ।

तर, ऐरीसँग राम्रो साझेदारी गरिरहेका अविनाश कर्ण ४६ औं ओभरमा चौथो बलमा आउट भए । उनले ४० रनमा बनाए ।  पवन सर्राफ शुन्यमा आउट भए । कमल ऐरीले दिपेन्द्रलाई साथ दिए ।  कप्तान सन्दिप लामिछाने पनि ३ रनमा आउट भए ।

निकै खराबीका साथ् सुरुवात भएको नेपाली पारिका दुबै ओपनर चल्न सकेनन् । पहिलो विकेटका रुपमा सन्दिप सुनार २ रनमा आउट हुँदा नेपालको स्कोर ४ रन मात्र थियो । थप एक रन जोड्दा आशिफ शेख १ रनमै आउट भए ।

आदिल खानले पारी सम्हाल्ने प्रयास गरे । उनले भीम सार्कीसँग मिलेर नेपालको स्कोर ३२ रनमा पुर्‍याए । तर, भीम चौथो विकेटका रुपमा मात्र ८ रनमा आउट भए । पाँचौं नम्बरमा क्रिजमा आएका दिपेन्द्रले उत्कृष्ट पारी खेल्दै नेपाललाई जिततर्फ डोर्‍याएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२७ रन बनाएको थियो । उसका लागि हासिथ बोयगोडाले ८३ रन बनाए ।

नेपालका कमल ऐरीले ३ विकेट लिए भने पवन सर्राफले २ तथा दिपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...