मध्यरातको सेक्स लफडाले लियो ज्यान !


  • काठमाडौं, ३० मंसिर ।

राजधानीको गोकर्णेश्वर नगरपालिका वडा नं.-१३,नयाँबस्तीमा शनिबार राती भएको ट्याक्सी चालकको ‘मृत्यु’ प्रकरण युवतीकाण्डको कारण भएको प्रहरीले जनाएको छ । प्रहरी घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरेसँगै यस्तो तथ्य फेला परेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाले दोलखा भिमेश्वर घर भई काठमाडौंको गोकणेश्वर बस्दै आएका राजकुमार लामाको हत्या अभियोगमा माया तामाङ, संगिता राई (थिङ), मागधन राई , अरुण माझी र दियामाझीलाई पक्राउ गरेसँगै गरेको अनुसन्धानका क्रममा यस्तो खुलासा भएको हो ।

मदिराको सुरमा मध्यरातमा युवतीसँग लामाको शारीरिक सम्बन्ध भएको र त्यसपछि विवाद उत्पन्न हुँदा उनको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानबाट खुल्न आएका कुराहरु


  • घटना भएको दिन मंसिर २५ गते अं.१६:३० बजेको समयमा बा२ज २२३ नं.का ट्याक्सी चालक मृतक राज कुमार लामा का.जि.गोकर्णेश्वर नपा-१३ नयाँवस्तीमा रहेको जि.सोलुखुम्बु कांकु-१ स्थायी घर भएकी वर्ष-३६ की संगिता राई (थिङ) ले संचालन गरेको हेलम्बु रेष्टुरेण्टमा गई तुम्बा मागेको ।
  • सोही रेष्टुरेण्टमा काम गर्ने जि.काभ्रे घर्तिछाप-७ स्थायी घर भएकी माया तामाङले मृतकलाई तुम्बा लगिदिएको सोही क्रममा राज कुमार लामाले माया तामाङसँग परिचय गरी बाहिर निस्केको ।
  • पुन: साँझ अं.१८:०० बजे राज कुमार लामा हेलम्बु रेष्टुरेण्टमा आई साहुनी संगिता राई समेत भई रुस्लान भोड्का खाई बसेका र माया तामाङलाई दोहोरी जान आग्रह गरेको ।
  • राज कुमार लामाले निकै कर गरेपछी माया तामाङ दोहोरी जान राजि भएको र अं.२०:३० बजेको समयमा माया तामाङ र राज कुमार लामा निजकै बा२ज २२३ नं.को ट्याक्सि चढी नयाँ बस्तीबाट गौरीघाटतर्फ जाने क्रममा नयाँबस्तीमा नै रहेको एरिना फुट्सल नजिकै पुग्दा ट्याक्सी फँसेको ।
  • ट्याक्सी बाटोको खाल्डोमा फँसेपछि राज कुमार लामा र माया तामाङ अर्को ट्याक्सीमा चढी पुन: माया तामाङले काम गर्ने रेष्टुरेण्टमा फिर्ता गएको ।
  • अं. २१:३० बजेको समयमा रेष्टुरेण्टमा आईपुग्दा सबैजना सुति सकेकोले अण्डर ग्राउण्डमा रहेको रेष्टुरेण्टमा गएको र रेष्टुरेण्टमा पुगेपछि मृतक राजकुमार लामाले माया तामाङसँग शारिरिक सम्पर्क राखेको ।
  • शारिरिक सम्पर्क राख्ने क्रममा राज कुमार लामाले आफुले शारिरीक सम्पर्क राख्नको लागी पैसा दिएको कुरा व्यक्त गरेको ,माया तामाङले आफुले पैसा नपाएकोले उक्त पैसा कसलाई दिएको भनि सोध्दा राज कुमारले जसलाई दिएपनि दिएको छु भनेको तर कसलाई दिएको भन्ने कुरा नबताएको ।
  • राज कुमार लामाले पुन शारिरीक सम्पर्क राख्न खोजे पछी माया तामाङले नमानेको र रक्सीले मातेको राज कुमार लामा र माया तामाङ विच धकेला धकेल हुने क्रममा राज कुमार लामा भूईंमा लडेको ।
  • राज कुमार लामा लडेपछि उठ्न नसकेको र सोही रेष्टुरेण्ट संचालिका संगिता राईको भाई मागधन राईले धारा छेउमा रहेको पर्खालको ईट्टाले राज कुमार राईको टाउकोमा प्रहार गरेको ।
  • निज मागधन राई संगिता राईको सहोदर भाई रहेको र घर बनाउने काम गर्ने र बिहान बेलुका निजकी दिदी संगिता राईले संचालन गरेको रेष्टुरेण्टमा खाने बस्ने र सुत्ने गरेको ।
  • त्यसपछी माया तामाङ दोस्रो तलामा रहेको संगिता राईको कोठामा गई कपडा परिवर्तन गरी सुतेको ।
  • त्यसको केही समय पछि संगिता राईको छोरा अरुण माझीले मानिस लडेको थाहा पाई संगिता राईलाई जानकारी गराएको र निजकी आमा संगिता राईले प्रहरी बिट नयाँबस्तीमा खबर गरेको ।
  • प्रहरी विटमा ड्युटीमा रहेका प्रहरी जवान घटनास्थलमा आई घाईतेको आफन्तलाई बोलाई ट्याक्सीमा राखी तत्काल उपचारको लागी बौद्द स्तुफा अस्पताल पठाएकोमा सो अस्पतालले नेपाल मेडिकल कलेज अत्तरखेल पठाएको ।
  • घाईते राज कुमार लामालाई अस्पताल पुर्‍याएको केही समय पछि मृत्यु भईसकेको भनि जानकारी गराएको ।
  • मागधन राई ढलानको काम गर्ने र प्राय मादक पदार्थ सेवन गरेर बस्ने गरेको ।
  • संगिता राईको पहिलो विवाह राजु माझीसँग भएको र अरुण माझीको जन्म भए पछि संगिताले अर्कै विवाह गरेको तर बच्चा नभएको हाल छोरा अरुण माझी र अरुणकी श्रीमती दिया माझी संगिता राई (थिङ) सँगै बस्ने गरेका ।
  • बुहारी दिया माझीले रेष्टुरेण्ट हेर्ने र छोरा अरुण माझी घरमा रंग लगाउने काम गर्ने गरेको ।
  • मृतका आफन्तहरुले आइतबार नयाँबस्ती प्रहरी बिटमा तोडफोड समेत गरेका थिए । घटनापछि प्रहरीले घटनाबारे छानबिन गर्न समिति समेत बनाएको थियो ।





,

प्रतिकृया दिनुहोस्

Loading...