धादिङको भुमेस्थानमा कार दुर्घटना, तीन जनाको मृत्यु

- धादिङ, १ पुस ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको भुमेस्थान–६ मा शुक्रबार बिहान कार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
भुमेस्थानमा ग २ च ४५७२ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको धादिङ प्रहरीले जनाएको छ । ज्यान जानेमा एक महिला र दुई पुरुष रहेका छन् ।
उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
Loading...
