गुल्मी सत्रौं दिन पनि बन्द, जनजीवन कष्टकर

- गुल्मी, १ पुस ।
सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गरेर पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको भन्दै गरिएको गुल्मी बन्दको शुक्रबार सत्रौं दिन पुगेको छ । बन्दको सत्रौं दिन पुग्दा गुल्मीको जनजीजन थप कष्ठकर बनेको छ ।
लामो समयसम्मको बन्द र आम हड्तालका कारण शुक्रबार जिल्लाका सम्पूर्ण शैक्षिक संस्थालगायत यातायात, बजार तथा कलकारखाना ठप्प छन् ।
दुई साता भन्दा बढी लामो बन्दले सर्वसाधारणको दैनिक जीविकोपार्जनमा समेत ठूलो समस्या उत्पन्न भएको छ । आन्दोलन र प्रर्दशनले निकास निस्कन नसकेको भन्दै सर्वसाधारणले भने बन्दको विकल्प खोज्न संघर्ष समितिलाई आग्रह गर्न थालेका छन् ।
संयुक्त आन्दोलन परिचालन संघर्ष समितिका संयोजक भुवन प्रसाद श्रेष्ठले भने सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नल्याउँदासम्म बन्द र आन्दोलनका कार्यक्रमहरु जारी रहने बताउँदै अाएका छन ।
सरकारले संशोधन प्रस्ताव फिर्ता गर्नु पर्ने माग राख्दै आन्दोलनकर्ताहरुले शुक्रबार पनि जिल्लामा धर्ना र प्रदर्शनका कार्यक्रमहरु जारी राखेका छन् । संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले सदरमुकाम तम्घासमा दिनहुँ फरक फरक प्रकृतिका कार्यक्रम गरेर विरोध प्रर्दशन गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
