लक्ष्मीका हत्यारालाई सर्वश्वसहित जन्मकैदको माग गर्दै प्रजिअलाई ज्ञापन

  • पुस २, काभ्रे । 

मंसिर २० गते सानो वाङ्थली गाविस–७ की ३२ वर्षीया लक्ष्मी परियारलाई पोलमा बाँधेर मलमूत्र खुवाएको विषयमा निष्पक्ष छानविन गर्न माग गर्दै सयुक्त विद्यार्थी संगठन छात्रा मञ्च नेपालले काभ्रेका प्रामुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाएका छ।
शुक्रबार ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले यस घटनाप्रति आफ्नो गम्भीरध्यानाकर्षण भएको भन्दै संलग्‍न दोषीहरु उम्कन नपाउने बताए। 
संयुक्त विद्यार्थी संगठन छात्रा मञ्च नेपालकी अध्यक्ष नविना लामा, महासचिब पञ्च सिंह, कोषाध्यक्ष सुनिता बमसहितको टोलीले प्रजिअको ध्यानाकर्षण गराएका हुन्।
अध्यक्ष लामाले यस घटनालाई महत्व दिएर छानविन गर्नुपर्ने बताइन्। महिला माथि हुने यस्ता घटनाले कानुन माथि नै प्रश्न उठेको लामाकाे भनाइ थियो। यस्तै मञ्चकी महासचिब सिंहले यसप्रकारका अमानवीय घटनाहरु घट्दै जानु भनेको महिलाहरु निक्कै असुरक्षित हुदै जानु हो भनेकी छिन। 
ज्ञापनपत्रमा सत्यतथ्य छानविन गरि पीडित पक्षलाइ क्षतिपूर्ति दिइनुपर्ने र दोषीलाई सर्वश्वसहित जन्मकैदको सजाय तोकिनुपर्ने माग गरिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...