यस्ता छन् बोक्सीको आरोपमा कुटपिट र हत्याका श्रृंखला

- काठमाडौं, २ पुस ।
०६७ जेठमा मकवानपुरकी ३५ वर्षीया नीरमाया स्याङतानलाई परिवारका सदस्य मिलेर बोक्सीको आरोपमा कुटपिट गरी हत्या गरे ।
०६८ फागुनमा चितवन बघौडाकी ४० वर्षीया ठेगनीदेवी महतोलाई स्थानीयले बोक्सीको अरोप लगाई मट्टीतेल छर्केर आगो लगाएर हत्या गरे, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
०७० भदौमा पर्सा सुपौलीकी ४५ वर्षीया पार्वतीदेवी चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गरी हत्या गरियो ।
०७० पुसमा कीर्तिपुरकी ४२ वर्षीया वसन्ती महर्जनलाई आफ्नै देवर हरिबहादुरले बोक्सी भन्दै कुटेर हत्या गरे ।
०७० जेठमा काठमाडौं फर्पिङ सेतीदेवीकी मैना मगरलाई भतिजो राजेन्द्रले बोक्सीको आरोप मार कुटपिट गरी हत्या गरेका थिए । ठूलीआमाका कारण ऋण नउठेको भन्दै उनले गाई बाँध्ने किलोले हानेर हत्या गरेका थिए ।
०६५ चैतमा ललितपुर प्युटारकी कल्लीकुमारी विकलाई बोक्सीको आरोपमा स्थानीय शिक्षिका विमला गोलेले दिसा खुवाउनुका साथै कुटपिट गरिन् । प्रहरीले पीडकलाई पक्राउ गरी मुद्दा चलाए पनि उनीहरू धरौटीमा छुटे ।
०६८ चैतमा जोरपाटीकी सुनिता पुडासैनीलाई उनका मामा नाता पर्नेले बोक्सी भन्दै मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटकै कारण पुडासैनीको आँखाको ज्योतिसमेत गुम्यो ।
०६९ चैतमा बेलादेशीपुरकी ६० वर्षीया राजकुमारी रानालाई घरमै पुगेर बोक्सीको आरोपमा दिसा मात्र खुवाइएन, शरीरको संवेदनशील अंगमा समेत कुटपिट गरी घाइते बनाइयो । उनले एउटा आँखाको ज्योति गुमाइन् । पछि प्रहरीले मुद्दा चलायो, तर पीडक धरौटीमा छुटे ।
०७० फागुनमा पर्साको लखनपुरस्थित एक्डवाकी ५० वर्षीया छोटियादेवी सहनीलाई उनका छिमेकीले बोक्सीको आरोपमा कुटपिट गरे । आफ्नो छोरालाई टुनामुना गरी मारेको भन्दै मिरगुल सहनी र उनको परिवारले छोटियादेवीलाई कुटपिट गरी घाइते बनाएका थिए ।
प्रहरीले दोषीलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
०७० वैशाखमा बाँकेकी ६६ वर्षीया अमृता खड्कालाई आफ्नै छोराले बोक्सी भन्दै कुटपिट गरे । यस विषयमा प्रहरीले जाहेरी लिएर प्रक्रिया अगाडि बढाए पनि उनी पाँच हजार धरौटीमा छुटे ।
०७० वैशाखमा बाँकेकी ६६ वर्षीया अमृता खड्कालाई आफ्नै छोराले बोक्सी भन्दै कुटपिट गरे । यस विषयमा प्रहरीले जाहेरी लिएर प्रक्रिया अगाडि बढाए पनि उनी पाँच हजार धरौटीमा छुटे ।
सप्तरी बरपुरकी ३७ वर्षीया नुरझा खातुनलाई ०७० भदौमा बोक्सीको आरोपमा आफ्नै देवर र देवरानीले निर्घात कुटपिट गरेका थिए । उनीहरूले खातुनलाई कथित बोक्सीको आरोपमा मानव मलमूत्र खुवाउनुका साथै नांगै बनाएर शरीरभरि मोसो दली ‘बोक्सी हुँ’ भन्न बाध्य पारेका थिए ।
अदालतले थुप्रै जातीय विभेदसम्बन्धी मुद्दाको फैसला गरे पनि अहिलेसम्म कसैलाई पनि जेल सजाय तोकेको छैन । जातीय विभेद गरेको कसुरमा कानुनमा तीन महिनादेखि तीन वर्षसम्म जेल सजाय र हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै कारबाही हुन सक्ने व्यवस्था रहे पनि कोही पनि जेल सजायको भागीदार बनेका छैनन् ।
प्रतिकृया दिनुहोस्
Loading...
