नयाँ शक्तिका संयोजक डा. भट्टराईमाथि जुत्ता प्रहार



पोखरा,२३ मंसिर ।

नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा.बाबुराम भट्टराईलाई लक्षित गरी जुत्ता प्रहार भएको छ ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा विहीबार बिहान गरेको कार्यक्रममा भट्टराईबिरुद्ध कालो झण्डा देखाउँदै जुत्ता प्रहार भएको गरिएको हो ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईलाई कैलाली नारायणपुरका २९ वर्षीय सञ्जीव भट्टराईले जुत्ता प्रहार गरेका हुन् । जुत्ता प्रहार गर्ने सञ्जीव भट्टराई पृथ्वीनारायण क्याम्पसमा अर्थशास्त्र विषयका एम.ए.का विद्यार्थी हुन् ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...