ग्यास ढुवानीमा भारतीय परनिर्भरता तोडियो

काठमाडौं, १८ मंसिर ।

ग्यास ढुवानीमा भारतीय परनिर्भरता तोड्न नेपाली ग्यास उद्योगीले पहिलोपटक स्वदेशी नम्बर प्लेटका ग्यास बुलेट ल्याएका छन् ।

इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट ग्यास ढुवानी गर्न भारतको भन्सार पास गरी नेपाली बुलेट बिहीबार बीरगन्ज भन्सार आइपुगेका छन् ।

सरकारले नेपाली ग्यास उद्योगीलाई बुलेट सञ्चालनको अनुमतिसहित ६६ प्रतिशत भन्सार छुट दिने निर्णय गरेपछि उद्योगीले बुलेट खरिद गरेका हुन् ।

नेपालीनम्बर प्लेटका ग्यास बुलेट भारतीय भन्सार पास भएर वीरगन्ज भन्सार आइपुगेको समाचार आजको नागरिक दैनिकमा समाचार छ ।

अहिले ल्याएका ना ७ ख ९२७ र ना ७ ख ९२८ नम्बरका बुलेट एभरेस्ट ग्यास उद्योग प्रालिले ल्याएका हुन् ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...