गुँरासेमा ट्रक पल्टिँदा चालककाे ज्यान गयाे

पाँचथर, १८ मंसिर ।

पाँचथर सदरमुकाम फिदिमबाट ताप्लेजुङका लागि छुटेको ट्रक शनिबार बिहान दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

भारपा–६ गुँरासेमा मे १ ख १८४९ नम्बरको ट्रक पल्टिँदा फिदिम–३ का ३० वर्षका चालक मोहन कुमार राईको घटनास्थलमै ज्यान गएको पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए ।

मोडमा ट्रक घुम्न नसक्दा बाटोबाट ट्रक तल खसेको प्रहरीको भनाई छ । राईको शव पोष्टमार्टको लागि पाँचथर अस्पताल ल्याइएको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...