शिक्षाको विकासका लागि शिक्षकको ध्यान आवश्यक : शिक्षामन्त्री

कलैया, १८ मङ्सिर । 

शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा क्षेत्रको विकास तथा विस्तारमा सबैले सक्रिय रुपमा लाग्नुपर्ने बएका छन ।

कलैयास्थित दुर्गा उमाविमा निर्माण गरिएको थप कोठा भवनको आज उद्घाटन गर्दै उनले — शिक्षाको गुणस्तरीय विकासमा शिक्षकले विशेष ध्यान दिन जरुरी छ ।

मन्त्री पौडेलले उक्त विद्यालयलाई जिल्लाकै नमुना विद्यालय बनाउन र त्यसको भौतिक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिने बताए ।

विद्यालयमा थप चारकोठे पक्की भवन निर्माण गरिएको छ । कुल रु २९ लाखमा निर्माण सम्पन्न भएको उक्त चार कोठे भवनका लागि सरकारबाट रु. २४ लाख अनुदान सहयोग प्राप्त भएको सो विद्यालयका प्राचार्य मनोज यादवले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अवदेश यादवको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जिल्लाको समग्र शैक्षिक अवस्थाका बारेमा जानकारी गराए ।

यसैगरी मन्त्री पौडेल आजै कलैयास्थित जनता माविको पनि स्थलगत निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...