जब मानिसहरुलाई झुक्काएर कुकुरको दुध पिलाइयो (भिडियो सहित)


मानिसहरुले गाई, भैँसी, बाख्रा, उँट तथा भेँडा लगायतको दुध त आफ्नो दैनिक जिवनमा प्रयोग गरेकै हुन्छन् । तर कसैले कुकुरको दुध समेत खाएको सुन्नुभएको छ ? कुकुरको दुध पिउने कुरा कल्पना गर्दा पनि अप्ठेरो लाग्छ हैन ? तर हालै मानिसहरुलाई कुकुरको दुध पिलाइएको छ र त्यो पनि झुक्काएर ।

एकजना महिलाले एक सामाजिक प्रयोगका रुपमा मानिसहरुलाई झुक्काएर कुकुरको दुध पिलाइन् । पशु अधिकारवादी संस्था पेटाले बेलायतको राजधानी लण्डनमा एक अनौठा्े प्रयोग गरेको हो । सडक किनारामा उभिएकी महिलाले त्यहाँ हिँड्ने बटुवाहरुलाई कुकुरको दुध पिउन दिइन् ।

मनिसहरुले दुध पिइसकेपछि उनले हरेकलाई सोधिन् की दुधको स्वाद तथा रंग कस्तो थियो ? मानिसहरुले दुध स्वादिलो तथा गुलियो रहेको बताए । तर जब उनले उक्त दुध कुकुरको भएको कुरा बताइन् तब दुध पिएर मख्ख परेकाहरुको अनुहार एकाएक हेर्नलायक बन्यो । एक जनाले त घिन मान्दै त्यहीँ उल्टी समेत गरे ।

दुध पिउने मानिसहरु आफुलाई झुक्काएर कुकुरको दुध पिलाइएकोमा बेखुस बने । तर वास्तवमा त्यो दुध कुनै जनावरको थिएन । मानिसहरुको प्रतिक्रिया लिनका लागि गरिएको सामाजिक प्रयोगका लागि सोयाबाट तयार गरिएको कृत्रिम दुध थियो ।

उक्त प्रयोगको माध्यमबाट पेटाले कुकुरको दुध र गाईको दुधमा आखिर के फरक छ ? भन्ने बहसको सिर्जना गर्न सफल भएको छ । मानिसहरुलाई गाईको दुध पिउनबाट निरुत्साहित गर्ने लक्ष्य पेटाको छ । मानिसले अरु जनावरको दुध चोरेर खान नहुने तर्क पेटाको छ । यो प्रयोगको भिडियो निकै भाइरल बनेको छ ।
०७३ मंसिर १८ गते ११:२५ मा प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...