सत्तारुढ दलले नै गर्यो संशोधन विधेयकको बिरोध, प्रचण्ड तनाबमा


  • काठमाडौं, २० मंसिर ।

सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई समर्थन नगर्ने निर्णय गरेको छ ।

राप्रपाको सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सत्तारुढ दल भएता पनि विधेयक तयार गर्दा आफ्नो दलसँग परामर्श नभएको तथा निर्णय प्रक्रियामा पार्टीलाई सहभागी नगराएको भन्दै आपत्ति जनाएको छ । तर, चुनावका लागि मधेस केन्दि्रत राजनीतिक दलहरुको जायज माग सम्बोधन गर्नु पर्नेमा जोड दिएको छ ।

राप्रपाले संशोधन विधेयकलाई संसदमा प्रस्तुत नै गर्न नदिने एमालेसहित विपक्षी दलहरुको कदमलाई अनुचित भनेको छ । भने विधेयकलाई यथास्थितिमा राख्न र संसदमा रहेका दलहरुबीच नयाँ सहमति खोज्न प्रस्ताव समेत गरेको छ ।

सरकारले अघि सारेको संशोधन विधेयकमा मधेस केन्द्रीत दलहरु नै असन्तुष्ट रहेको, प्रदेश नम्बर ५ का जता आन्दोलनमा उत्रिएको र केही दलले संसद अवरुद्ध गरेको भन्दै राप्रपाले भनेको छ, ‘विधेयकका केही दफाहरु राष्ट्रिय हित अनुकुल नरहेको तथ्य र यथार्थलाई दृष्टिगत गर्दै विधेयकलाई हाल यथास्थितिमा राखि संसदमा रहेका सवै दल तथा सम्बद्ध पक्षहरुबीचमा नयाँ सहमतिको वातावरण कायम गरेर मात्र विधेयकलाई अघि बढाउन राप्रपा सरकारसँग अनुरोध गर्दछ ।’

, ,

प्रतिकृया दिनुहोस्

Loading...