थाईल्याण्डमा भीषण बाढी, १४ जनाको मृत्यु,


  • बैंङकक, २१ मंसिर ।

केहीदिन यता लगातार रुपमा भीषण बर्षा र बाढीका कारण दक्षिणी थाइल्याण्डमा १४ जनाको मृत्यु भएपछि बर्षा र बाढीबाट बढी प्रभावित क्षेत्रका ११ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा पनि गरिएको सरकारले मङ्गलबार जनाकारी दिएको छ ।

गतहप्ता भीषण बर्षाले दक्षिणी थाइल्याण्डको मध्य भागलगायत प्रख्यात पर्यटकीयस्थल कराबी, कोह सामुई र कोह फा–ङ्गआन ठूलो असर पारेको र जसका कारण केही उडान र डुङ्गा सेवाहरु समेत प्रभावित भएको थियो ।

भारी बर्षा र बाढीका कारण अहिले सम्म ८८ जिल्लाका पाँच लाख ८२ हजार ३४३ जना प्रभावित भएको र १४ जनाको मृत्यु भएको गृह मन्त्रालयद्धारा जारी पछिल्लो प्रतिवेदनमा जनाइएको छ ।

मन्त्रालयद्धारा जारी विज्ञप्तिमा अहिलेसम्म कम्तीमा तीन जना हराइरहेका र अरु तीन जना घाइते भएका जनाइएको छ ।

सैबुरी जिल्लाको पत्तानी क्षेत्रमा उद्धारकर्ताहरुले खोलाको भेलमा हराइरहेका दुई जना केटालाई खोजी कार्य जारी राखेका छन् । रेलमार्गमा बाढी पसेपछि नखोन सि थम्माराट क्षेत्रमा रेल सेवासमेत अवरुद्ध भएको छ ।

थाईल्याण्डमा हरेक बर्ष यो समयमा प्राय भीषण बर्षा हुने गर्दछ । नोभेम्बरको सुरुदेखि तीन महिनासम्म थाइल्याण्डमा पर्यटनको लागि राम्रो र अर्थतन्त्रका लागि संवेदनशील समय मानिन्छ ।

थाइल्याण्डको जलवायु तथा मौसम विभागले अझै केहीदिन यस्तै बर्षाको अवस्था रहिरहने अनुमान गरेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...