गाडी दुरुपयोग गरेपछि एक्याप प्रमुखमाथि विप्लव माओवादीको कारबाही, जनसरकारको स्वीकृति बिना घुम्न नपाइने !

  • पोखरा २१ मंसिर ।

अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पोखराका प्रमुख लालप्रसाद गुरुङलाई नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा (माओवादी) कास्कीले कारबाही गरेको छ।

गुरुङ्गलाई कास्की जिल्लाको घान्द्रुक र दाङसिङ गाबिसको बिचमा पर्ने घान्द्रुकबेंसीस्थित स्याउलीबजार नजिक कारवाही गरेको हो । भ्रमणभत्ता पचाउने लोभमा अनाधिकृत रुपमा कार्यालयको गाडी दुरुपयोग गरेको आरोप माओवादीले लगाएको छ ।

कार्यालयको गाडी दुरुपयोग गरी घान्द्रुकतर्फ जाँदै गरेका उनीविरुद्ध स्थानीय जनताले माओवादीलाई उजुरी गरेपछि कास्कीको पश्चिम कमाण्ड अन्तर्गतको १० नम्बर इलाका इन्चार्ज परिबर्तनको नेतृत्वमा गएको माओवादी टोलिले गुरुङसहितको अक्याप टोलि र बा ८ च ८५५१ नम्बरको गाडी करीब एक घण्टा आफ्नो कब्जामा लिएको थियो ।


माओवादी कब्जामा करीब एक घण्टा रहेका (एक्याप) पोखराका प्रमुख लालप्रसाद गुरुङले आफ्नो गल्ती स्वीकार गर्दै अब आइन्दा यस्तो गल्ती नदोहोर्याउने बचनबद्धता ब्यक्त गरेपछि एक्याप टोलीलाई मुक्त गरिएको माओवादी नेता परिबर्तनले जानकारी दिएका छन्। 

मुलुकमा समानान्तर सरकार चलाउने अभ्यास गरिरहेको माओवादीको अनुमति नलिइ अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमणमा आउने जो कोही सरकारी कर्मचारी भएपनी कारवाही गरिने माओवादी कास्की १० नम्बर इलाका इन्चार्ज परिबर्तनले जानकारी दिए।

उनले भने, “मुलुकमा समानान्तर सत्ता चलाएको माओबादी जनसरकारको स्वीकृति नलिइ आउने पुरानो सत्ताका जो कोहीलाई कारबाही गर्छौँ । जनसरकारको स्वीकृति लिएर मात्र अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) घुम्न आउनुहोला ।"




, ,

प्रतिकृया दिनुहोस्

Loading...