जापानी राजाकाे जन्मोत्सवमा हिमानी शाह विशिष्ट अतिथि

काठमाडौं, १८ मंसिर ।

जापानी दूतावासले जापानी राजा अकिहितोको ८३ औं जन्मोत्सवको अवसरमा शुक्रबार एक समारोह आयोजना गर्‍यो ।

ताहाचलस्थित राजदूत निवासमा आयोजित कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह विशिष्ट अतिथिका रुपमा सहभागी थिइन् । 
उनी सञ्चालक रहेको हिमानी ट्रष्टले भूकम्पपछिको पुनर्निर्माणका लागि सञ्चालन गरेका केही कार्यक्रममा जापानले आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।

कार्यक्रममा जापानी राजदूत मासासी ओगावाले नेपालमा गत वर्ष संविधान जारी गरेको उल्लेख गर्दै आगामी दिनमा नेपालले शान्ति र राजनीतिक स्थायित्व हासिल गर्ने अपेक्षा रहेको बताएका छन् ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि रहेका थिए । त्यस्तै सभामुख ओनसरी घर्ती, मन्त्रीहरु, सरकारी अधिकारी, सभासद् विभिन्न दलका नेताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...