यसकारण भयो एमाले र मधेसी जनता पार्टीबीच गोप्य छलफल !



  • इमान्दार मिडिया संवाददाता
  • काठमाडौं, १७ मंसिर ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसी जनता दलबीच गएराति गोप्य छलफल भएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा राति ७ बजेपछि भएको छलफलमा संविधान संसोधनको बिषयमा कुरा भएको एमाले उच्च स्रोतले जनाएको छ ।

एमाले महासचिव इश्वर पोखरेल र मधेसी जनता दलका अध्यक्ष महेश कलवार सम्मिलित उक्त छलफलले वर्तमान समयमा संबिधान संशोधनको कुरा गर्नु मधेशी मोर्चा र सत्ता पक्षको जनता झुक्याउने नाटक मात्र भएको निष्कर्ष निकालेको छ । संबिधान संशोधन खारेजीको माग गर्दै सडक र सदनबाट आन्दोलनमा उत्रिएको एमाले र संबिधान संशोधन खारेजीकै पक्षमा उभिएको मधेसी जनता दलबीचको यो गोप्य छलफललाई रहस्यमय रुपमा हेरिएको छ ।

यसैबीच मधेसी जनता दलका अध्यक्ष कलवार एमालेमा जान खोजेको पनि कतिपयको भनाइ छ । यस विषयमा कलवारसँग कुरा गर्न खोज्दा राजनितिमा जे पनि हुनसक्ने भन्दै असम्भव भन्नेकुरा केहि नरहेको प्रतिक्रिया दिए ।

'केहि मधेसी नेताहरु बाबुरामको पछि लागेको देखिएकै छ, कोहि प्रचण्डको पछि पनि लागेकै छन्' इमान्दार मिडियासँगको कुराकानीका क्रममा उनले भने । ' राजनीतिकमा जे पनि हुनसक्छ ।' यद्धपि यस विषायमा उनि खुल्न भने चाहेनन ।

तर उनका निकटतमहरुले भने अहिले एमालेसँग बढाएको भेटघाट, छलफल अनुसार उनि एमालेको नजिक रहेको र एमालेमै प्रवेश गर्न खोजेको समेत बुझिएको छ ।

बिहिबार राति एमाले महासचिव पोखरेलसँगको भेटमा समेत यो विषयमा कुरा भएको श्रोतको दाबी छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...