अमेरिकाको क्यालिफोर्नियामा आगलागी, ४० जनाको ज्यान गएको आशंका
 

- काठमाडौं, १९ मंसिर ।
 
अमेरिकाको क्यालिफोर्नियामा भएको आगलागीमा परि कम्तिमा ४० जनाको ज्यान गएको आशंका गरिएको छ । 
१२ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको छ । उद्धारकार्य चलिरहेको प्रहरीले जनाएको छ । आगलागीमा धेरै मानिस फसेको अनुमान गरिएको सिएनएनले जनाएको छ । क्लालिफोर्नियाको अकल्याण्डमा शुक्रबार राति कन्सर्ट गर्ने क्रममा आगलागी भएको त्यहाँका सरकारी अधिकारीले बताएका छन् ।
उनीहरुले ९ जनाको ज्यान गएको पुष्टि गरेका छन् । तर यो संख्या ४० पुग्ने बताएको खबरमा उल्लेख छ । आगलागी भएको भवनमा ५० देखि १ सय जना फसेका हुन सक्ने अग्नि नियन्त्रकले बताएका छन् । स्थानीय युवा र अरु विदेशी युवा भवन भित्र फसेका अग्नि नियन्त्रकले बताएका छन् ।  आगो लाग्नुको कारण भने खुलेको छैन ।
प्रतिकृया दिनुहोस्
        Loading...
    
    
