एमालेका ७५ वटै जिल्ला कार्यालयमा कार्वाही गर्ने विप्लव माओवादीको चेतावनी


  • प्रकाश डुम्रे, बुटवल १८ मंसिर ।
नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा (माओवादी)ले नेकपा (एमाले)लाई कडा कारबाहीको चेतावनी दिएको छ । एमालेले बुटवलमा आयोजना गरेको बैठक कक्षमै पुगेर विप्लव माओवादीले यस्तो कडा चेतावनी दिएको हो ।

बुटवलको सहिद स्मारक तथा आफ्नो पार्टी कार्यालयमा भएको आक्रमण प्रति विप्लव माओवादी आक्रोशित हुँदै एमालेलाई चेतावनी दिएको हो ।

शनिबार एमालेले बुटवलमा आयोजना गरेको सर्वदलीय बैठकमा पुगी विप्लव माओवादीका रुपन्देही सेक्रेटरी शरद वलीले आन्दोलनको कार्यशैली नफेरिए एमालेका ७५ वटै जिल्लाका जिल्ला कार्यालय र एमालेका देशभरका प्रतिष्ठानमा कारवाही गर्ने चेतावनी दिएका हुन् ।

वलीले आफुहरु जनयुद्धबाट आएको र अहिले पनि संघर्षमै रहेको हुँदा कार्यशैली सुधार नभए प्रतिवादमा उत्रिने कडा चेतावनी दिए ।

प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्ला टुक्राउने गरी सरकारले ल्याएको संशोधन प्रस्तावको विरोधमा बुटवलमा बिहीवार सहिद स्मारक तोडफोड गर्नुको साथै विप्लव माओवादीको कार्यालयमा समेत आक्रमण भएको थियो । 

उक्त आक्रमणमा एमालेले आफ्नो संलग्नता नरहेको जनाएपनि उसैले आन्दोलनको नेतृत्व गरेको हुदा जिम्मेवारी लिनुपर्ने दवाव बढेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...