पाल्पा अनिश्चितकालका लागि बन्द


  • पाल्पा, १७ मंसिर ।

संविधान संशोधनमार्फत पहाडी जिल्लालाई मधेसबाट अलग गर्न खाजेको विरोधमा पाल्पा अनिश्चितकालिन बन्द भएको छ । संयुक्त युवा, तरुण दल तथा विद्यार्थी आन्दोलन समिति पाल्पाले शुक्रबारदेखि अनिश्चितकालिन पाल्पा बन्दको आह्वान गरेका हुन् ।

५ नम्बर प्रदेश टुक्याउने कदमको विरुद्ध बिहीबार पनि विधार्थी संगठनहरुले पाल्पा बन्द गराएका थिए । माग पूरा नभएसम्म हरेक दिन ५ बजेसम्म बन्दको गर्ने उनीहरुले विज्ञप्तीमार्फत जनाएका छन् ।

तरुणदल पाल्पाका सभापति मेजरसिंह केसी, युवा संघ नेपालका अध्यक्ष करुणा काफ्ले, अखिल नेपाल युवा संघका प्रतिनिधि लक्ष्मण गौतम, नेविसंघ पाल्पाका सभापति कृष्णबहादुर आले, अनेरास्ववियुका कार्यवाहक अध्यक्ष प्रेम वगाले, अखिल छैठौ पाल्पाका अध्यक्ष पुरन पोख्रेल, त्रिभुवन बहुुमुखी क्याम्पस पाल्पाका पूर्वस्ववियु सभापति हरिबोल भट्राईलगायतद्वारा हस्ताक्षरीत विज्ञप्तीमा पाल्पा अनिश्चितकालका बन्द गरिएको घोषणा गरिएको छ । बन्दको समयमा विश्वविद्यालयबाट सञ्चालित परीक्षाहरुमा भने कुनै अवरोध नगरिने उनीहरुले जनाएका छन् ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...