विप्लव माओवादीको बुटवल पार्टी कार्यालयमा एमालेको आक्रमण

काठमाडौं, १७ मंसिर । 

बुटबलमा भएको आन्दोलनमा सहभागी एक अराजक भिडले बिहिबार साँझ नेकपा (माओबादी)को पार्टी कार्यलयमा आक्रमणको प्रयास गरेको छ । 

भिडले नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेकाे नेकपा (माअाेवादी)काे बुटवल स्थित पार्टी कार्यालयमा ढुङगा प्रहार गरेकाे हाे ।

ढुंगा प्रहारबाट पार्टी कार्यालयमा सामान्य क्षति समेत पुगेकाे छ । नेकपा (माअाेवादी)का रुपन्देही सेक्रेटरी शरद अाेलीले आफ्नो पार्टी कार्यालयमा भएको आक्रमणमा संलग्नहरुलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् । उनले विना कारण अराजक समूहले अाफ्नाे पार्टी कार्यालयमा अाक्रमण गरेकाे भन्दै उनीहरुमाथि सरकारले कारवाही नगरे जवाफि प्रतिकार गर्ने बताए ।

एक विज्ञप्ती जारी गर्दै सेक्रेटरी अाेलीले आफ्नो पार्टी कार्यालयमा करिब २०० जनाको संख्यामा आएका अराजक समूहले ढुङगामुढा प्रहार गरेको र तथानाम बोलेको बताएका छन् । विप्लव माओवादीका रुपन्देही सेक्रेटरी ओलीले भने–‘हामीले संसदीय व्यावस्थाको विरोध गरेका छौ । त्यसको खारेजीको कुरा गरेका छौ । देशको क्रान्तिकारी पार्टी माथि गरीएको यो आक्रमणको हामी निन्दा गर्दछौ । राज्यले अराजक समूहको पहिचान गरि कारवाही नगरे त्यसको जवाफ मंहगो हुन सक्छ ।’ सेक्रेटरी ओलीले भने–‘ एमालेको बहुमत रहेका आन्दोलनकारीले बिप्लप माओबादीको कार्यलय तोडफोड गरेर ठूलो गल्ती गरे । मलाई लाग्छ यो सिंगो कम्युनिष्ट आन्दोलन माथिको आक्रमण हो । यसलाई सम्बन्धित जिम्मेवार राजनीतिक दल र निकायहरुले सच्चाउन जरुरी छ । एकीकृत कान्तिको तयारीमा रहेको पार्टी माथी आक्रमणको प्रयास गर्दाको चर्को मूल्य तिराउन हामीलाई बाध्य नपारियोस ।’ 

 सेक्रेटरी ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘माओबादीले द्रोसो सबिधान सभाको निबार्चनदेखि कथित सबिधान निर्माण प्रकियामा हाम्रो बिमति छ । 

हामीलाई कथित सबिधान संसोधन गर्नु र नर्गनुसँग सराेकार छैन । यसकाे कुनै तुक छैन । हामी यो देश एउटा जिम्मेबार क्रान्तिकारी शक्ति हौ । जुन पार्टीले संसदीय ब्यबस्था मान्दैनौ भनेर संघर्ष चर्काएकाे छ सोही पार्टीलाई यो कथित सबिधान बारे न कुनै बिश्वाश छ न त जनताको अधिकार सुनिश्चित हुने विश्वास छ । यो परिबेशमा हाम्रो पार्टी कार्यालयमा तोडफोट गरिएको छ । 

साथै शहिद गेट भत्काईएको छ । यसप्रति हामी गम्भीर भएका छौ ।’ सेक्रेटरी अाेलीले भने ‘फेसबुकमा तोडफोड गर्ने एमाले हुन सक्दैन भनेर स्टाटस लेख्ने एमालेका रबिन्द्र अधिकारी, रुपन्देहीका सिद्दिचरण भट्टराई, अखिल नेता बालकृष्ण पाण्डेलाई हामी प्रमाण देखाउन सक्छैा । पार्टी कार्यालय तोडफोड गर्ने तपाईहरुकै जिम्मेबार ब्यक्तिको टोली हो ।’ 

, ,

प्रतिकृया दिनुहोस्

Loading...