स्थानीय निकाय कर्मचारी सङ्घको महाअधिवेशन माघमा


काठमाडौँ,२३ मंसिर ।

स्थानीय निकाय कर्मचारी सङ्घको चौथो राष्ट्रिय महाधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौंमा हुने भएको छ । 
आगामी पुस १५ गतेसम्म अधिवेशन प्रतिनिधिको नामावली केन्द्रीय कार्यालयमा पठाइने र पुस २१ गतेभित्र राष्ट्रिय अधिवेशन मूल समारोह समितिको बैठक सम्मन्न गर्ने तयारी रहेको स्थानीय कर्मचारी सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।

स्थानीय निकायमा कार्यरत अस्थायी, ज्यालादारी र करारमा रहेका कर्मचारीलाई स्थायी प्रक्रियामा लैजानका लागि कानुनी बाधा अड्काउ फुकाउमा कर्मचारी सङ्घ निरन्तर लाग्ने श्रेष्ठको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Loading...