एडीबीले सौर्य ऊर्जा उत्पादनका लागि दुई अर्ब अनुदान दिने


  • काठमाडौँ, २३ मंसिर ।

एसियाली विकास बैंकले २५ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि रु दुई अर्बभन्दा बढी अनुदान उपलब्ध गराउने भएको छ ।

नेपालको ऊर्जा आवश्यकता र मागलाई दृष्टिगत गरी सौर्य ऊर्जा प्रवद्र्धनका निम्ति बैंकले जलवायु कोषबाट उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो । बैंकले आज पत्रकार सम्मेलन गरेर सन् २०१८ सम्ममा उक्त क्षमताको सौर्य ऊर्जा उत्पादन गर्न नेपाल विद्युत् प्राधिकरणमार्फत अनुदान सम्बद्ध उत्पादकलाई उपलब्ध गराइने जनाएको छ ।

उक्त बैंकका देशीय निर्देशक केनिची योकोयामाले सौर्य ऊर्जा उत्पादनमा निजी क्षेत्रको सहभागिता अभिवृद्धि र प्रोत्साहनाका निम्ति कोषबाट अनुदान उपलब्ध गराउने निर्णय भएको बताए।

उनले बैंकको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका परियोजनाको प्रगतिबारे जानकारी दिँदै मेलम्ची खानेपानी आयोजनाजस्ता विशाल परियोजनालाई बैंकले विशेष प्राथमिकता दिएको बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...