ट्र्याक्टरको ठक्करबाट यादवको ज्यान गयो


  • गौशाला, २३ मंसिर।


महोत्तरी जिल्लाको धिरापुर गाविसमा बुधबार ट्र्याक्टरको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा जिल्लाको मटिहानी–५ बस्ने प्रगास यादवकी पत्नी ४२ वर्षीया पुकारीदेवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।

वनबाट आफ्नो घर जाँदै गरेकी यादवलाई धिरापुरबाट मटिहानीको विग्ही नदीमा माटो लिन जाँदै गरेको ज १ त २३०९ नंको ट्र्याक्टरले धिरापुर–९ स्थित बाटोमा पछाडिबाट ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते महिला यादवलाई उपचारका लागि भारत विहारको मधवापुर सहरमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरी उपरीक्षक उपाध्यायले बताए । घटनापश्चात् प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको छ भने चालक फरार भएको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...