बोरुसिया डर्टमुण्डले बनायो नयाँ कीर्तिमान

  • काठमाडौं, २३ मंसिर ।

साबिक विजेता स्पेनिस क्लब रियल मड्रिडलाई पछि पार्दै समूह एफको विजेताको रुपमा च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको जर्मन क्लब बोरुसिया डर्टमुण्डले कीर्तिमान बनाएको छ ।

बोरुसियाले च्याम्पियन्स लिगको समूह चरणमा २१ गोल गर्दै कीर्तिमान बनाएको हो । बोरुसिया समूह चरणमा २१ गोल गर्ने पहिलो टिम बनेको हो । बुधबार राति भएको खेलमा बोरुसियाले रियल मड्रिडलाई २–२ को बराबरीमा रोकेको हो । ६० औं मिनेटमा पिएर एमरिकले गरेको गोलले बोरुसिया समूह चरणमा २० गोल गर्ने चौथो टिम बन्दै कीर्तिमानमा बराबरी गरेको थियो ।

त्यसपछि ८८ औं मिनेटमा मार्को रेउसले गरेको गोल समूह चरणको २१ औं गोल थियो । योसँग बोरुसिया समूह चरणमा सर्वाधिक गोल गर्ने टिम बन्यो । यसअघि मंगलबार राति भएको खेलमा चार गोल गरेको स्पेनिस क्लब बार्सिलोनाले बार्सिलोना दोस्रो पटक च्याम्पियन्स लिगको समूह चरणमा २० गोल गर्ने टिमको कीर्तिमान बनाएको थियो ।

यसअघि बार्सिलोनाले सन् २०११/१२ को सिजनमा पनि समूह चरणमा २० गोल गरेको थियो ।अहिलेसम्म च्याम्पियन्स लिगमा बार्सिलोनासहित तीन टिमले समूह चरणमा २० गोल गरेका छन् ।

सबै भन्दा पहिले समूह चरणमा २० गोल गर्ने टिम चाहिँ इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड हो । उसले सन् १९९८/९९ को सिजनमा २० गोल गरेको थियो । यस्तै स्पेनिस क्लब रियल मड्रिडले सन् २०१३/१४ को सिजनमा पनि २० गोल गरेको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...