संशोधनमा सरकार विस्तारवादी र एमाले सामन्तवादी - मोहन बैद्य


  • काठमाडौं, १२ पुस ।

संविधान कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्षबीच रस्साकस्सी भइरहेको बेला नेकपा (क्रान्तिकारी माओवादी)ले वर्तमान संविधानलाई पश्चगामी भन्दै खारेजीकाे लागि तीन महिने अभियानको घोषणा गरेको छ ।

हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष मोहन वैद्य 'किरण'ले आगामी माघदेखि संविधान खारेजी, भ्रष्टाचार र कालाबजारीविरुद्ध तीन महिने अभियान चलाउने बताएका छन् ।

मंगलबार अध्यक्ष वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘संगठन निर्माण, विस्तार तथा सुदृढीकरण गर्ने र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्यावारे जनतालाई जागरित तुल्याउने,वर्तमान पश्चगामी सविधानको खारेजी तथा संघीय जनगणतान्त्रिक संविधानको स्थापनाको पक्षमा जनाधार तयार पार्ने, भष्टाचार कालावजारीको विरोध गर्ने लगायतका विषयलाई लिई माघदेखि चैत्रसम्म तीन महिने अभियान संञ्चालन गर्ने ।’

बैठकले जसमा सरकारद्वारा प्रस्तुत संविधान संशोधन विधेयक विस्तारवादी र एमालेद्वारा गरिएको विरोध सामन्तवादी भएको निष्कर्ष निकाल्नुको साथै वर्तमान संविधान जनविरोधी भन्दै खारेज गरी संघीय जनगणतान्त्रिक संविधानको निर्माणका लागि संघर्ष गर्नुपर्नेमा जोड दिएको छ । क्रान्तिकारी माओवादीले संविधान संशोधन विधेयक र एमालेले गरिरहेको विरोध दुबै गलत भएको बताएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...