राष्ट्रियताको लागी आवश्यक पर्दा दीर्घकालीन जनयुद्द गरिन्छ : मोहन बैद्य 'किरण' (भिडियोसहित)


  • काठमाडौँ १६ पुस ।
नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्य 'किरण' ले राष्ट्रिय स्वाधीनताको रक्षाका लागी दीर्घकालीन जनयुद्द गर्ने बताएका छन् ।

३ पार्टीले वानेश्वरको अल्फाविटा कम्लेक्समा आयोजना गरेको 'जलस्रोतमाथिको हस्तक्षेप र स्वाधीनता' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बैद्यले यस्तो भनाइ व्यक्त गरेका हुन् ।

कार्यक्रममाे बोल्दै उनले नेपालका साशकहरुले जलस्रोतमाथि भारतसंग गरेका राष्ट्रहित विपरीतका सम्झौता खारेज गर्नुपर्ने बताए । 

भारतीय सत्ता पक्षको सामु लम्पसार पर्ने नेपालका दलाल बर्गले सञ्चालान गरेको अहिलेको सामन्ति सत्ताले नेपाली जनतामाथि चरम शोषण र लुट मच्चाईरहेको भन्दै यो सत्ता ढाल्नु पर्ने बैद्यको जिकिर थियो । 

आफ्नो देशको राष्ट्रिय स्वाधीनताको रक्षाका लागी राष्ट्रिय प्रतिरोध आन्दोलन गर्दै स्वाधीनताको आन्दोलनका लागी सबै राष्ट्रबादी शक्तिहरु मिलेर अगाडी बढ्नुपर्ने उनकाे भनार्इ छ।

कार्यक्रममा नेकपा (माओवादी) महासचिव नेत्र विक्रम चन्द 'विप्लव' जलस्रोत बिज्ञ रतन भण्डारी, जनमोर्चाका सचिव हेमलाल पुरी, जलस्रोत विद दिपक ज्ञवाली, जलस्रोत क्षेत्रका जानकार रत्न संसार श्रेष्ठ लगायतका बक्ताहरुले आफ्नो भनाइ राखेका थिए ।

हेर्नुहोस भिडियो

, ,

प्रतिकृया दिनुहोस्

Loading...