प्रमुख सत्तारुढ दलका नेताले दिए संशोधन विधेयकको विपक्षमा मतदान गर्ने धम्की


  • काठमाडौं, १६ पुस ।

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले संशोधन विद्येयकको विपक्षमा भोट हाल्ने धम्की दिएका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा माओवादी नेता रायमाझाीले भने, ‘यो संशोधन प्रस्तावले न जनताको नै हित गर्छ, न राष्ट्रको नै । यो सीमांकन हेरफेरको विषय त झनै संघीयताको मर्म र भावना विपरित छ यसलाई तत्काल फिर्ता लिनुपर्छ ।

संशोधन विद्येयकलाई संसदको प्रक्रियामा अघि बढाए आफूले विपक्षमा मतदान गर्ने उनले चेतवनी दिएका हुन ।

यथास्थितिमा आफूले यो प्रस्तावको कुनै हालतमा समर्थन नगर्ने भन्दै भने, ‘एमालेले मात्रै होइन, हामी सरकारमा भएकापनि यो प्रस्तावको विपक्षमा छौं ।’

यद्यपि आन्दोलनकारीहरुको माग पूरा गर्नुपर्छ भन्ने पक्षमा आफूहरु अझै पनि गम्भिर रहेको बताए । उनले भने, ‘आन्दोलनकारीहरुका माँगहरु राष्ट्रिय सहमति जुटाएर सम्बोधन गर्नुपर्छ ।’

सरकारले ल्याएको प्रदेशको सीमांकन हेरफेरको प्रस्तावले मधेसी मोर्चाको माग पूरा हुनै नसक्ने रायमाझीको दाबी छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...