विप्लवको चेतावनी ! 'चन्द्रागिरी डाँडा बेचेर खान पाइदैन' (भिडियोसहित)

- काठमाडौँ, २ पुस ।
नेकपा (माओवादी) का महासचिव विप्लवले काठमाडौँको चन्द्रागिरी डाँडा बेचेर खान नपाइने बताएका छन् । उनले धार्मिक र प्राकृति रुपमा महत्वपूर्ण चन्द्रागिरीलाई स्थानीय जनतालाई नसोधेर ब्यक्तिगत नाफामा बेचेको बताए ।
शनिबार विहान एक टेलिभिजनसँग अन्तरवार्ताको क्रममा ‘चन्द्रागिरी डाँडो, अपर कर्णाली, अरुण तीन स्थानीय जनता र हामीसँग नसोधेरै बेच्न पाइन्छ ? कसले दियो त्यो अनुमति ?’ विप्लवले भने ।
प्रधानमन्त्रीले चन्द्रागिरी हिल्सले निर्माण गरेकाे केबुलकारकाे उद्घाटन गरेकाे दुई दिनपछि व्यक्तिकाे नाफाकाे लागि चन्द्रागिरी डाँडाे बेचिएकाे बताएका हुन् ।
चन्द्रगिरीलाई केही व्यक्तिहरुले लुटकाे थलाे बनाएकाे भन्दै अालाेचना भइरहेकाे बेला प्रधानमन्त्रीले केबुलकारकाे उद्घाटन गरेका थिए ।
नेपाली नदीको मुहानमा विजुली निकालेर भारत लैजाने आफ्नो पार्टीलाई मान्य नभएको बताउँदै राष्ट्रियता र प्राकृतिक सम्मपतिको आफ्नो पार्टीले रक्षाको लागि लड्ने बताए ।
महासचिव विप्लवले प्रचण्ड–बाबुरामले माओवादी आन्दोलनलाई धुलोमा पल्टाएको र आफूहरुले उक्त धुलो टक टकाई सकेको बताए ।
संसदीय व्यवस्थाले देश र जनताको रक्षा गर्न नसक्ने दाबी गर्दै आफ्नो पार्टीले राजनीतिक परिवर्तनको आन्दोलनलाई अगाडि बढाएको विप्लवले बताए ।
‘शान्तिपूर्ण प्रतिस्पर्धा गर्छु भन्दा पनि माइक खोसिन्छ, नारा लेख्न दिइदैन, संसदीय व्यवस्था ठिक छैन भन्दा दमन गरे बाध्य भएर प्रतिरोध हुन्छ’ विप्लवले भने । उनले जागिर खाए भन्दैमा प्रहरीलाई माइक नखोस्न चेतावनी समेत दिएका छन् ।
भिडियो
प्रतिकृया दिनुहोस्
Loading...
