स्वरोजगार निर्माण व्यवसायीमा सिकेको निरन्तरता


पोखरा, १८ मंसिर। 

स्वरोजगार निर्माण व्यवसायी समितिको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट पुन रमेश सिके अध्यक्षमा सर्वसम्मत भएका छन्। 

समितिको उपाध्यक्षमा दलबहादुर राई, सचिवमा बिजु थापामगर, सहसचिव चुमबहादुर सिके र कोषाध्यक्षमा मानबहादुर लामा छन्। 

यस्तै, सदस्यमा सूर्यमान तामाङ, रामबहादुर विक, पूर्ण बुढामगर, प्रसाद बुढामगर, हरिबहादुर सार्की र डिलबहादुर गुरुङ छन्। 

यस्तै, समितिको सल्लाहकारमा भक्तबहादुर तामाङ, नारायणप्रसाद ढकाल र रामबहादुर राई(मिलन) चयन भएका छन्। 

यसअघि, साधारणसभालाई सम्बोधन गर्दै पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुँगानाले निर्माण व्यवसायीहरु व्यवस्थित, एकीकृत र सशक्त हुँदा नै सुरक्षित र उचित सहर बनाउन सहयोग पुग्ने बताए। 

उनले निर्माण व्यवसायीको सरोकारका विषयलाई सम्बोधन गरी सुरक्षित संरचना निर्माणमा नगरपालिका प्रतिवद्ध रहेको समेत उल्लेख गरे। 

अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव राजेन्द्र न्यौपानेले वास्तविक मजदूरका समस्या समाधान नभएसम्म देश सम्वृद्धिको मार्गमा अगाडि बढ्न नसक्ने बताए। कार्यक्रममा पोखरा निर्माण व्यवसायी समितिका सचिव नवराज बस्नेत, श्रम निर्माण व्यवसायी समितिका अध्यक्ष गुञ्जलाल श्रेष्ठ, गण्डकी निर्माण समन्वय समितिका अध्यक्ष रामजी सिके, समितिका सदस्य सूर्यमान तामाङलगायतले बोलेका थिए। 

समितिका अध्यक्ष रमेश सिकेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दलबहादुर राई र सञ्चालन सचिव बिजु थापाले गरेका थिए। 

कार्यक्रममा ज्येष्ठ निर्माण व्यवसायी भक्तबहादुर तामाङलाई सम्मान गरिएको थियो भने निर्माण मजदूर स्वर्गीय दलजित रोक्कामगरकी श्रीमतीलाई पाँच लाख २५ हजार क्षतिपूर्ति प्रदान गरिएको थियो।

,

प्रतिकृया दिनुहोस्

Loading...