कपिलवस्तुमा सत्ता पक्षको आन्दोलन, केपी ओलीको पुत्ला दहन


  • कपिलवस्तु १८ मङ्सिर ।

बुटवलमा प्रतीपक्षको आन्दोलन चर्की रहेको बेला उता कपिल बस्तुमा सत्ता पक्षको पनी आन्दोलन सुरु भएको छ ।
संविधान संशोधनको प्रस्तावको बाधक भएको आरोप लगाउदै कांगेस, माओवादी केन्द्र र मधेसी दलका कार्यकर्ताले शनिबार तौलिहवामा आन्दोलन सुरु गरेका छन्।

तौलिहवामा आन्दोलनकारीहरुले पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओलीको पुत्ला दहन गरेका छन्।

मधेसी जनताको भावना अनुसार बर्तमान सरकारले पेश गरेको संविधान संशोधनको प्रस्तावलाई एमालेले विफल तुल्यान प्रयास रहेको भन्दै तत्कालै सो कार्य बन्द हुन पर्ने उनीहरुले माग गरेका छन्।

तौलिहवास्थित प्रशासन चोक अगाडि पुत्ला दहनका क्रममा उनीहरुले केपी ओली र एमाले बिरुद्ध चर्का नराबाजी समेत गरेका थिए।

संघीय समाजबदी फोरमका जिल्ला अध्यक्ष सतिश चन्द्र गुप्ताले सरकारले अहिले ल्याएको प्रस्तावमा प्रदेश नम्बर ५ बाट केही पहाडी जिल्लाहरुलाई निकालेर नया प्रस्ताव गरेर सरकराले मधेसीको भावनालाई कदर गरेको बताए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...