भारतीय नायीका चोपडाले नेपाली फिल्मी बनाउदै


बलिउड नायिका प्रियंका चोपडाले आफ्नो होम प्रोडक्सनबाट चाडै नेपाली भाषाको चलचित्र निर्माण गर्ने भएकी छिन् । यसको औपचारिक जानकारी उनकी आमा मधु चोपडाले दिएकी हुन् ।

प्रियंकाको व्यानर पर्पल पेबल प्रोडक्सनबाट सिक्किममा आधारित नेपाली चलचित्र निर्माण हुने बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रको नाम ‘पउवा’ राखिएको छ, जसको अर्थ ‘पाहुना’ हुन्छ ।

यो चलचित्रको कथा विभिन्न कारणले आफ्ना बाबुआमाबाट छुट्टएिका केटाकेटीको वरिपरी घुम्नेछ । चलचित्रमा नेपाल र सिक्किमका स्थानीय कलाकार तथा प्राविधिकहरुलाई मौका दिइने पनि मधुले जानकारी गराइन् ।

एजेन्सी, १३ पुसमा प्रकाशित । 

,

प्रतिकृया दिनुहोस्

Loading...