महत्वकाँक्षी योजना सहीत आयो काठमाडौं क्यापिटल लिमिटेड, फरक क्षेत्रमा लगानी गर्ने उद्घोष


  • काठमाडौं १३ पुस ।
विविध महत्वकाँक्षी योजना सहित काठमाडौं क्यापिटल लिमिटेडको औपचारी शुभारम्भ भएको छ । सय करोड पुजी भएको काठमाडौं क्यापिटल लिमिटेडको मंगलवार उद्योग मन्त्री नविन्द्रराज जोशीले एक कार्यक्रमका विच उद्घाटन गरेका थिए । 

एक अर्व पुजि भएको उक्त कम्पनीमा हाल ७ जनाको संचालक समिती रहेको छ भने सर्वसाधारण शेयर जारी भएपछि सर्वसाधारण शेयर धनिबाट थप दुई जना संचालक समितीमा सदस्य थप गरिने बताइएको छ । 

२ सय छपन्न जना सस्थापक शेयर धनि रहेको काठमाडौं क्यापिटल लिमिटेडले पुजी बजारमा आफ्नो आगमन उत्पादन मुलक क्षेत्रमा लगानी र रोजगारी सृजना मार्फत राज्यलाई आर्थीक सम्बृद्धीमा डोर्याउनका लागि भएको बताएको छ । 

उसले नेपालका खानीहरुको अनुसन्धान, उत्खनन, हाइड्रोपावर निमार्ण लगायत विभिन्न उत्पादनशिल क्षेत्रमा लगानी गर्ने बताएको छ । 

चुक्ता पुजि ३२ करोड रहेको उक्त कम्पनीले पहिलो बर्षमा शेयर धनिहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने र दोश्रो बर्ष ३० प्रतिशत लाभांश वितरण गर्ने लक्ष्य राखेको छ । नेपालमा लव्धप्रतिष्ठित व्यापारीहरु, बैंकर, सिए लगायतले उक्त कम्पनीमा लगानी गरेका छन् । 

कार्यक्रममा बोल्दै उद्योग मन्त्री नविन्द्रराज जोशीले काठमाडांै क्यापिटल लिमिटेडले गाँउगाँउमा गएर सम्भावना भएका क्षेत्रमा लगानी गर्न आग्रह गरे । 

उनले नेपालमा भएका पव्लिक इन्भेष्टमेन्ट कम्पनीले सहर कन्द्रीत भएर घर जग्गामा मात्र लगानी गरेको भन्दै यो कम्पनीलाई उत्पादनसिल क्षेत्रमा लगानी गर्न आग्रह गरे । 

देश र जनताको लागि काम गर्ने जो सुकै कम्पनीलाई पनि आफूले सहयोग गर्ने बताउँदै मन्त्री जोशीले कम्पनीको बारेमा सोच्न भन्दा देशको बारेमा सोचेर आफ्ना काम कारवाहीलाई अगाडी बढाउन अनुरोध गरे । 

कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष जलेश्वर पाण्डेले सबै शेयर सदस्यहरुको भवना अनुसार, नियम कानुनमा रही देश र जनताको पक्षमा कम्पनीले काम गर्ने बताए । 

त्यस्तै, काठमाडौं क्यापिटल लिमिटेडले नेपालमा सम्भावना बोकेका क्षेत्रहरुमा लगानी गरि देशको सम्बृद्धी गर्न तिर अगाडी बढ्ने संचालक समितीका सदस्य दिपक पाण्डेले बताए । 

स्वागत मन्तव्य राख्दै उनले नेपाल सम्भावनको भुमि हो, ति सम्भावनाहरुलाई चिनेर उत्पादन मुलक क्षेत्रमा लगानी गर्नका लागि काठमाडौं क्यापिटल लिमिटेडको स्थापना भएको बताए । 

, , ,

प्रतिकृया दिनुहोस्

Loading...