ग्रीसका राजदूत हत्या आरोपमा श्रीमतीसहित ४ जना पक्राउ


  • एजेन्सी, १६ पुस ।

ग्रीसका राजदूतको हत्या आरोपमा ब्राजिल प्रहरीले उनकी श्रीमतीसहित ४ जनालाई हिरासतमा लिएको छ । 

सोमबारदेखि वेपत्ता राजदूत किरीआकोस अमरीदिसको शव ब्राजिलको रियो दि जेरियोको बाहिरी इलाकामा जलेको कारमा बुधबार भेटिएको थियो ।

अमरीदिसकी श्रीमती र एक स्थानीय प्रहरी प्रेम सम्बन्धमा रहेका कारण हत्या गरिएको प्रहरीको अनुमान छ । सन् २००१ देखि २००४ सम्म ग्रीसको दूतावासमा काम गरेका अमरीदिस यहि वर्ष राजदूतको रुपमा ब्राजिल पुगेका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...