ओलीकै आदेशमा गरियो आगजनि, सरकारी कर्मचारीदेखि राष्ट्रपतिको सहयोगीसम्म संलग्न

- काठमाडौं, १६ पुस ।
शुक्रबार एमाले युवा संघका उपाध्यक्ष रमेश पौडेलको नेतृत्वमा बानेश्वरको इन्द्रेणी कम्प्लेक्स अगाडी भएको आगजनिमा सरकारी कर्मचारी समेत संलग्न भएको पाइएको छ ।
इन्द्रणी कम्प्लेक्स सँगै रहेको एमाले युवासंघको केन्द्रिय कार्यालयमा बैठक बसेर आगजनिको निर्णय भएको यस आगजनिमा राष्ट्रपतिकी सहयोगी सुमित्रा थापा, सरकारका प्राविधिक रामजी सापकोटा, कृषि अनुसन्धान केन्द्र खुमलटारकी कर्मचारी सरस्वति खड्का र गुप्तचर अनुसन्धान व्युरोका कर्मचारी अशोक रावल संलग्न रहेको देखिएको छ ।
| तोडफोडमा संलग्नहरु, तोडफोडपछि युवा संघको कार्यालयमा । फोटो स्रोत : नेपालआज |
स्रोतका अनुसार एमाले युवा संघका केही नेताहरुले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एउटा कार्यक्रममै बानेश्वर आगजनिबारे अनुमति लिएका थिए ।
शुक्रबार दिउसो तुलसीलाल अमात्य स्मृति भवनमा गोपीरमण उपाध्याको किताव बिमोचन कार्यक्रममा पुगेका ओलीलाई एमाले युवा संघका केही नेताले कानमा खुशुक्क केही सल्लाहा गरेको केही समयमै भएको बानेश्वर आगजनिमा ओलीको समेत अनुमति भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।
![]() |
| राष्टपतिकी सहयोगी । फोटो स्रोत : नेपालआज |
आगजनिपश्चात चौतर्फी विरोध मात्रै भएको छैन । स्वंयम एमालेका युवा नेताहरु रविन्द्र अधिकारी र रामकुमारी झाक्रीले समेत यस्तो घटनाको विरोध मात्रै गरेका छैनन् , सरकारलाई कारवाही गर्न समेत भनेका छन् ।
तर स्रोतका अनुसार बन्द, हड्ताल र तोडफोडको बारेमा बाहिर जति नै विरोध गरेपनि अधिकारी र झाक्रीहरुले पार्टीभित्र कुरा भने उठाउँदैनन् । बुटवल बन्द, गाडी तोडफोड लगायतका घटनामा पनि अधिकारीले विरोध गरेका थिए ।
सरकारका कर्मचारी लगायतका एमाले युवा संघका कार्यकर्तालाई यसघटनापश्चात सरकारले के कारवाही गर्छ ? विप्लव माओवादीका कार्यकर्तालाई नेपाल बन्द गर्दा समेत नछोड्ने सरकारले एमाले कार्यकर्ताको यस्तो उदण्डता माथि सहन गर्छ या कारवाही ?
प्रतिकृया दिनुहोस्
Loading...

