फेला पर्‍यो मान्छे खाने टापू, त्यहा पुग्ने कोही बचेर नआउने वैज्ञानिकहरूको दाबी

मेक्सिकोको खाडीमा वैज्ञानिकहरूले रहस्यमयी टापू (झिल) फेला पारेका छन् । टापूमा पुग्ने जो कोही जिउँदै बचेर आउन सफल हुन नसक्ने वैज्ञानिकहरूले दाबी गरेका छन् । 

यदि कोइ व्यक्ति जिउँदै फिर्ता भयो भने त्यो आश्चर्यजनक हुने जनाइएको छ । टेंपल यूनिवर्सिटीमा बायोलजीको एसोसिएट प्रफेसर एरिक कार्डेसले रहस्यमयी टापूका विषयमा रिसर्च गरेका छन् । उनको रिसर्चको डिटेल ओशिऐनाग्रफी नामक जर्नलमा छापिएको छ । 

कार्डेसने डिस्कवरी न्यूजलाई भनेका छन्, ‘गहिरो समुन्द्रमा जतिजति तपाई तल जानु हुन्छ । तपाईलाई त्यहाँ नदी र टापूहरू देखा पर्छन् । त्यो देख्नेवित्तिकै तपाईलाई अर्कै दुनियाँमा आए जस्तो अनुभूति हुन्छ ।’ 

स्थानीयहरूले यो टापूलाई मान्छे खाने टापूको संज्ञा समेत दिएका छन् । समुन्द्रको तल रहेको पानी आसपाको टापको पानीभन्दा छ गुना नुनिलो रहेको छ । 

यसमा मीथेन र हाइड्रोजन सल्फाइडको मात्रा अत्याधिक रहेको छ । आसपासको समुन्द्रको पानीमा यो मात्रा छैन । समुन्द्रमा डुबुल्की लगाउन मन पराउने व्यक्तिका लागि यो टापू घातक हुन सक्ने समाचारमा जनाइएको छ । 

सो टापूका पानीमा सिर्फ बैक्टीरिया र ट्यूब वर्ममा मात्रै जिउँदो रहन सक्ने जनाइएको छ । न्यूयोर्क ।

,

प्रतिकृया दिनुहोस्

Loading...