२२ गते २ लाख कार्यकर्ता सडकमा उतार्ने एमालेकाे दाबी

- काठमाडौं, १३ पुस ।
नेकपा एमालेले २२ गतेको विरोध प्रदर्शनमा एक संगठित सदस्य बराबर तीन जना ल्याउन उर्दी जारी गरेको छ ।
सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकको विरोध गर्दै आएको एमालेसहित विपक्षी ९ दलले २२ गते शक्ति प्रदर्शनसहित भृकुटीमण्डपमा विरोध सभा गर्दैछन् ।
एमाले केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकले विरोध प्रदर्शनमा जनताको व्यापक सहभागिता बनाउने निर्णय गरेको छ । र, पार्टी केन्द्रीय सदस्य, सांसद र अन्य नेतृत्वलाई जिम्मेवारीसहित जिल्ला र उत्पत्यकाका निर्वाचन क्षेत्रमा खटाउने निर्णय गरेको छ ।
एमालेले उपत्यकाका सबै संगठित सदस्यलाई विरोध सभामा अनिवार्य सहभागी हुने निर्देशन दिएको छ ।
सचिव योगेश भट्टराई अनुसार काठमाडौं उपत्यकामा मात्र एमालेको ५० हजार संगठित सदस्य छ । र, उसले दिएको निर्देशन कार्यान्वयन भए २२ गतेको प्रदर्शनमा एमालेले उपत्यकाबाट मात्र २ लाखलाई सडकमा उतार्नु पर्नेछ ।
प्रतिकृया दिनुहोस्
Loading...
