पार्वती एक ‘डान्सिङ गर्ल’ भएको तथ्य सार्वजनिक

  • एजेन्सी ।

हिन्दू धर्ममा आदि शक्ति/माताको रुपमा पुज्‍ने गरिएको पार्वती मोहनजोदारो सम्भताको ‘डान्सिङ गर्ल’ भएको तथ्य भेटिएको छ।

बीबीसी अनलाइन संस्करणले भारतीय इतिहास परिषदद्वारा प्रकाशित पत्रिका ‘इतिहास’लाई हवाला दिँदै नयाँ अनुसन्धानले सो कुरा दाबी गरेको हो।उसले सिन्धु घाँटी सभ्यताको मानिसहरुले त्यतिबेला शिवजीलाई पुज्‍ने गरेको थियो।

यता, भारतीय दैनिक इन्डियन एक्सप्रेसका अनुसार वनारस हिन्दू विश्वविद्यालयका सेवानिवृत प्रोफेसर ठाकुर प्रसाद वर्माले ‘वैदिक सभ्यता के पुरातत्व’ शीर्षकमा शोध पत्र पेश गर्दै सिन्धु घाँटी सभ्यताको बारेमा बलियो प्रमाण प्रस्तुत गरेका छन्। यो सँगै हिन्दूहरुले शिवपा र्वतीलाई भगवान भनेर पुज्‍ने पार्वतीमाथि प्रश्‍न चिन्ह खडा भएको छ।

शोध पत्रमा भनिएको छ, ‘धेरै कलाकृतिहरु त्यतिबेलाको समयमा शिवको पूजा गर्नको लागि बनाइन्थ्यो।सील ४२०, एक सिंगे योग मुद्राबा बसेको छ। यसका साथै जनावरको आकारको अनुहार र शिवको पूजा गरिरहेको नै प्रमाण हो।’

उक्त शोधमा बर्माले सिन्धु घाँटीको सभ्यताका मानिसहरु त्यतिबेला शिवको मात्रै पूजा गर्ने गरेको र पच्चीस सय इसापूर्वको समयमा पुरानो चाँदीको मूर्ति भेटिएको आधारमा पार्वती ‘डान्सिङ गर्ल’ भएको दाबी गरेका छन्।

तर, उक्त शोध पत्र गर्ने बर्मामाथि भने दक्षीणपन्थी झुकाव राख्‍ने आरोप समेत लगाइएको छ।किनकी पुरातत्वविद् जन मार्सलले सन् १९३१ मा यो आकंडालाई ‘शिवको प्रोटोटाइप’ भनेर व्‍याख्या गरेका थिए। यही कुरालाई लिएर अहिले इतिहासकारहरुबीचमा ठूलो विवाद देखिएको छ।तर सोही विवादका बीचमा त्यो आकंडालाई महिला नै भनेर दाबी गरिएको छ।

,

प्रतिकृया दिनुहोस्

Loading...