नवलपरासीका सबै नगर अधिबेशन सकिए,माघमा जिल्ला अधिबेशन गर्ने तयारिमा माओवादी

  • नवलपरासी १४ पुस ।

संबिधान निमार्ण प्रक्रियादेखि हालसम्मका सम्पुर्ण संसदीय प्रक्रियामा बिमति जनाउदै आएको बिप्लप नेतृत्वको नेकपा(माओबादी)ले आउदो फाल्गुन एक गते काठमाडौमा आयोजित पार्टिको आँठौ राष्ट्रिय महाधिबेशनलाई मध्यनजर गर्दै देशब्यापि गाबिस एबं नगरपालिकाहरुका सम्मेलनलाई तिब्रताका साथ अगाडि बढाएको छ । 

पार्टिले लिएको एकिकृत जनक्रान्तिको कार्यदिशालाई आत्मसाथ गर्दै गाउ एबम नगर सम्मेलन लगतै माओवादी देशब्यापि जिल्ला अधिबेशन गर्ने रणनितिमा देखिएको छ ।

पार्टिको केन्द्रिय सर्कुलर अनुसार पार्टी कमिटीलाई चुस्त दुस्त र क्रियशिल गराउने उदेश्यले सानो सङ्ख्यामा गाउ,नगर र जिल्ला कमिटि बनाउने तयारीमा रहेको देखिन्छ । 

यसै क्रममा माओवादीले लुम्बिनि ब्युरो अर्न्तगत नबलपरासिका ६ नगरपालिकाका नगर सम्मेलन सम्पन्न गरेको छ भने परासि नगरपालिकाको नगर सम्मेलन गर्ने तयारीमा छ ।

सम्मेलन भएका नगरपालिका अन्तर्गत गैडाकोट नगरपालिका,देबचुलि नगरपालिका,कावासति नगरपालिका,मध्यबिन्दु नगरपालिका,बर्दघाट नगरपालिका र सुनवल नगरपालिकामा क्रमश चितलसिङ राना,दिपक कुमार घर्तिमगर,माधब केशि,धन बहादुर कुमाल,सारदा गिरि,डा शिब शँकर बस्याल लाई नगर सेक्रेटरी चयन गरेको नेकपा(माओबादी) नबलपरासिका सेक्रेटरी पदम केशि जुझारुले बताएका छन् ।

जुझारुले जिल्लाका सबै गाबिस र नगरपालिकाका अधिबेशन सकिए लगतै माघ पहिलो हप्ता जिल्ला अधिबेशन गर्ने तयारी भईराखेको जानकारी समेत दिए।

, ,

प्रतिकृया दिनुहोस्

Loading...