अब सर्वसाधारणले श्रीपेच हेर्न पाउने

- काठमाडौं, १५ पुस ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले श्रीपेच सर्वसाधारण जनताले अवलोकन गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
बिहीबार नारायणहिटी दरबार संग्राहलयकोृ स्थलगत निरीक्षणमा पुगेका मन्त्री शाहीले उक्त निर्देशन दिएका हुन्।
उनले श्रीपेच तत्काल सर्वसाधारणले हेर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिँदै त्यसका लागि मन्त्रालयले सबै प्रकारको सहयोग गर्ने आश्वासन दिएका थिए।
उनले श्रीपेच तत्काल सर्वसाधारणले हेर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिँदै त्यसका लागि मन्त्रालयले सबै प्रकारको सहयोग गर्ने आश्वासन दिएका थिए।
उनी मन्त्रालयअन्तर्गत संस्कृति महाशाखाका प्रमुखसहित नारायणहिटी पुगेको खबर नयाँ पत्रिकामा प्रकाशित छ।
प्रतिकृया दिनुहोस्
Loading...
