त्रिभुवन विश्व विद्यालयको ४२ औं दिक्षान्त समारोह आज

  • काठमाडौँ १४ पुस ।

त्रिभुवन विश्व विद्यालयको ४२ औ दिक्षान्त समारोह आज हुँदैछ । समारोहबाट २०७२ जेठ १८ देखि असार १ गतेसम्म स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधी उत्तीर्ण गरेका विद्यार्थी दिक्षित हुँदैछन् ।

चार वटा संकाय र पाँच वटा अध्ययन संस्थानकातर्फबाट उतीर्ण भएका झण्डै ८४ हजार बिद्यार्थी मध्ये समारोहमा सहभागी हुन आवेदन दिएका ९ हजार ७ सय ३४ विद्यार्थीलाई बिश्वविद्यालयले दिक्षित गर्न लागेको त्रिविका प्रवक्ता भोलाप्रसाद ढकालले जानकारी दिए।

मध्यान्ह १२ बजे ललितपुरको पुल्चोकस्थित इन्जिनियङ्ग क्याम्पस प्राङ्गणमा आयोजना हुने समारोहमा त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्प कमल दाहालले दिक्षित बिद्यार्थीहरुलाई सम्मान गर्नेछन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...