चिसो मौसम तताउनेगरी टंक र सिर्जुले ल्याए "फिगर कोकाकोला" (भिडियोसहित)

काठमाडौँ १८ मङ्सिर । 

मङ्सिर महिनाको यस्तो चिसो मौसमलाई पनी तताउनेगरी चर्चित युवा गायक टंक तिमिल्सिना र सिर्जु अधिकारीले चिसो पानिसंग रोमान्स गर्दै "फिगर कोकाकोला" नामको नयाँ लोक गीत बजारमा ल्याएका छन्।

गायक टंक तिमिल्सिना र गायिका सिर्जु अधिकारी दुवै जनाले आफ्नो बास्तबिक  शरीरको पहिचान गीतबाट दिन खोजेका छन्। 

कर्लि कप्पाल अनि फिगर कोकाकोला बोलको गीतमा गायक टंक र सिर्जुको आवाज, गायिका सिर्जु अधिकारीको सब्द संगीत, बिक्रम चौहानको निर्देसन रहेको गीतलाई मुकेश हुमागाईंले भिडियोमा उतारेका छन्। 
मिलन बि क को सम्पादन रहेको उक्त गीतमा दुर्गेश थापा र गायिका सिर्जु आफैले बेजोड अभिनय गरेका छन् ।
जुन गीत अहिले सामाजिक सञ्जाल, र युट्युबमा भाइरल भइरहेको छ।

                                        हेरौ गीतको भिडियो



, ,

प्रतिकृया दिनुहोस्

Loading...