हिंसात्मक बन्दै बुटवल आन्दोलन, प्रहरी र प्रदर्शनकारीबीच डरलाग्दाे झडप (भिडियाेसहित)


















  • बुटवल १८ मंसिर।
प्रदेशसकाे सीमांकनप्रती असन्तुष्टि जनाउदै सुरु भएको बुटवलको आन्दोलन झन् पछी झन् हिंसात्मक बन्दै गइरहेको छ।

सरकारले सीमा हेरफेरसहितकाे संविधान संशाेधन प्रस्ताव संसदमा दर्ता गराएसँगै बुटवललगायतका क्षेत्रमा केही क्षेत्रमा अान्दाेलन सुरु भएको छ । 

अहिले ५ नम्बर प्रदेशलाई टुक्र्याउन नदिने भन्दै सबै भन्दा बढी अान्दाेलन बुटवलमा चलिरहेको छ । शुक्रबारकाे बृहत सभालाई सरकारकाे नेतृत्वकर्ता माअाेवादी केन्द्रका नेता टाेपबहादुर रायमाझी र नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले समेत सम्बाेधन गरेपछि आन्दोलन थप हिंसात्मक बनेको हो । 

सभाका वक्ताहरुले कुनैपनि प्रदेशलाई टुक्राउन नदिने दाबी समेत गरेका छन् । हिंसात्मक बन्दै गएको बुटवल अान्दाेलनकाे क्रममा प्रहरी र प्रदर्शनकारीबीच डरलाग्दो झडप समेत भएकाे छ । 

हेर्नुहोस यो डरलाग्दो झडपको भिडियाे

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...