ढुङ्गाले लागेर मृत्यु


  • बाजुरा, १७ पुस । 


सडकबाट खसेको ढुङ्गाले लागेर आज एक युवकको मृत्यु भएको छ ।

ब्रह्मतोला गाविस– २ का २२ वर्षीय लेखराज पाध्यायको ढुङ्गाले लागेर मृत्यु भएको हो ।

साँफे–मार्तडी सडकखण्डअन्तर्गत अम्कोटमा सडक निर्माणका क्रममा ढुङ्गा खस्दा सडकभन्दा तल बाख्रा चराउँदै गरेका पाध्यायको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...