श्रीमानबिना एक्लै बजार गएको भन्दै महिलाको टाउको छिनालियो


पतिलाई नलिईकन बजार जाँदा महिलाले के परिणाम भोग्नुपर्ला ? अफगानिस्तानमा एक्लै बजार गएको आरोपमा एक जना महिलाको टाउको छिनालिएको छ । 

अफगानिस्तानमा आफ्नो लोग्ने बिना एक्लै घरबाहिर निस्कनुलाई अपराध मानिन्छ र त्यसो गर्ने महिलालाई गम्भीर सजाय दिने गरिन्छ ।

र, अहिले सोही आरोपमा एक महिलाको शीर छेदन गरिएको छ । अफगानिस्तनको सर ए पुल प्रान्तस्थित लट्टी बजार नजिकको एक गाउँकी महिलाको हतियारधारी समूहले टाउको छिनालिदिएका हुन् ।

तालिवानको आधिपत्य रहेको उक्त ठाउँकी ३० वर्षीया ती महिला लोग्नेबिना बजार गएकी थिइन् । ती महिलाका पति इरानमा बस्दै आएका छन् र उनीहरुका सन्तान पनि छैनन् ।

सोही कारण उनी बाध्यताबस एक्लै बजार गएकी थिइन् । तर तालिवानी शासनका अनुसार त्यहाँ महिलाहरु आफ्नो लोग्ने तथा परिवारका अन्य पुरुष सदस्यबिना घर बाहिर निस्किन पाउँदैनन् । 

स्मरण रहोस्, यहीँ वर्ष दक्षिणी कान्दाहारको एक विमानस्थलमा काम गर्ने ५ महिलालाई तालिवानले गोली हानी मारेको थियो । तालिवानले महिलाहरुले जागिर गर्नमा समेत रोक लगाएको छ ।

२०१७ जनवरी १ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...