विप्लव माओवादीको कञ्चनपुर सेक्रेटरीमा अग्नि



नेकपा (माअाेवादी) कञ्चनपुरकाे चाैथाे जिल्ला सम्मेलनले दल बहादुर धामी'अग्नि' लाई सेक्रेटरीमा सर्वसम्मतले चयन गरेकाे छ ।

बिहिबार अबेर राती सम्पन्न सम्मेलनले धामीकाे नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी पनि निर्वाचित गरेको छ ।

नयाँ कमिटीलाई पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश अाेली, केन्द्रिय सदस्य द्वाेय डिडि पाण्डेय र राम प्रसाद तिमिल्सिना 'राप्ती'  लगायतका नेताहरुले शुभकामना तथा बधाइ दिएका थिए ।

सम्मेलनपछि सेक्रेटरी धामीले पार्टीको आसन्न महािधवेशनलार्इ केन्द्रविन्दुमा राखेर अाफुहरू अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् । 

एक अर्को प्रसँगमा इमान्दार मिडियासँग उनले भने -'कंचनपुरमा देखिएको कालोबजारी, महँगी, विकासका नाममा भइरहेको विनाश, दलालीकारण, घुसखोरी लगाएतका घटनाहरु र त्योसँग संबन्धित पात्रहरुलाई हामीले नजिकबाट लियालिरहेका छौं ।' उनले थपे त्यस्तालाई पार्टीकोको नीतिअनुसार जनकारवाहीको दायरामा ल्याउछौं ।'



, ,

प्रतिकृया दिनुहोस्

Loading...